स्कुटर दुर्घटनामा घाइते नमोबुद्धका पूर्वमेयरको अस्पतालमा निधन

हिमाल प्रेस ७ असोज २०८२ ८:००
36
SHARES
स्कुटर दुर्घटनामा घाइते नमोबुद्धका पूर्वमेयरको अस्पतालमा निधन

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ। मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो ।

गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। तिमल्सिना साउन १० गते शनिबार बिहान नमोबुद्ध २ बीसकिलोस्थित बीपी राजमार्गमा दुर्घटनामा परेका थिए ।

नार्केबाट काठमाडौँतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा प्र ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रकाशित: ७ असोज २०८२ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast