सञ्चालनमा आयो झुलाघाट नाका

हिमाल प्रेस २५ भदौ २०८२ २०:१९
सञ्चालनमा आयो झुलाघाट नाका

बैतडी– भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले झुलाघाट नाकामा आवातजावत खुला गरेको छ।  जेनजी आन्दोलनले नेपालमा अशान्ति बढेको भन्दै एसएसबीले आज दिउँसो भारत प्रवेशमा रोक लगाएको थियो।

केही घण्टा बन्द गरिएको नाका अपराह्नपछि सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। दिउँसो भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको थियो।

प्रकाशित: २५ भदौ २०८२ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast