
काठमाडौँ- काठमाडौँको गोठाटारमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–८ मा बा ५ ख ३२३९ नम्बरको ट्रकले ठक्कर दिँदा सडकमा हिँड्दै गरेकी महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा गोरखा घर भई काठमाडौँको चाबहिल बस्दै आएकी ५८ वर्षीया जिरादेवी दानी छिन्।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको जोरपाटीस्थित शंखरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: २२ भदौ २०८२ ६:४२
प्रतिक्रिया