आसाम र नेपालबीचको अन्तिम खेल आज, खेल जित्नेलाई उपाधि उचाल्ने

हिमाल प्रेस १६ भदौ २०८२ ११:३९
आसाम र नेपालबीचको अन्तिम खेल आज, खेल जित्नेलाई उपाधि उचाल्ने

काठमाडौँ- नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग पाचौँ तथा अन्तिम टी २० खेल खेल्दैछ। उक्त खेल भारतको गुवाहाटीमा साँझ ५ बजेबाट सुरु हुनेछ।

उक्त खेल सिरिजको निर्णायक खेल हो। यो खेलमा जित निकाल्ने टोलीले सिरिज आफ्नो पक्षमा पार्नेछ। दुवै टोलीले अघिल्लो दुई दुई खेलमा जित निकालेका छन्। पहिलो खेलमा आसामले नेपाललाई डीएलएस पद्धतिबाट १५ रनले पराजित गरेको थियो।

नेपालले दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको थियो। चौथो खेलमा आसाम १८ रनले विजयी भएको थियो।नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग ५ खेलको टी २० शृंखला खेलेको छ।

प्रकाशित: १६ भदौ २०८२ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast