सिंहदरबारमा अझै पनि दन्किरहेछ आगो, कुनै प्रयास भएन निभाउने

हिमाल प्रेस २५ भदौ २०८२ ९:०६ | Wednesday, September 10, 2025
सिंहदरबारमा अझै पनि दन्किरहेछ आगो, कुनै प्रयास भएन निभाउने

काठमाडौँ- नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार दिउँसो सुरु भएको आगो बुधबार बिहानसम्म पनि पूर्णरूपमा निभेको छैन।सिंहदरबारको ऐतिहासिक संरचना खण्डहरमा परिणत भएको छ। सिंहदरबार परिसरमा नेपाली सेना छ। आम सर्वसाधारण, सञ्चारकर्मी र कर्मचारीहरूको प्रवेशमा पूर्ण रोक लगाइएको छ।

राणाकालीन कालमा निर्मित सिंहदरबार नेपालको शासकीय संरचनाको प्रतीक हो। तर आज त्यो गौरवपूर्ण सम्पदा पूर्ण रूपमा नष्ट भएको छ। सवारी साधन, फर्निचर, ऐतिहासिक कागजात, फाइल, रेकर्ड, नक्सा सबै जलेर नष्ट भएका छन्। सिंहदरबारको मुख्य भवन, पछिल्लो भाग र विभिन्न मन्त्रालयका संरचनाहरू पूरै ध्वस्त भएका छन्।

आगो निभाउने कुनै प्रभावकारी प्रयास नगर्नु झन् पीडादायक पक्ष हो। सुरक्षा निकाय निरीहजस्तै देखिए। मंगलबार दिउँसो केही जेनजी प्रदर्शनकारी समूह सिंहदरबारको मूल ढोका तोड्दै प्रवेश गरेर तोडफोडसँगै आगजनी गरेका थिए।

प्रकाशित: २५ भदौ २०८२ ९:०६ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast