सर्वोच्च अदालत भवनमा अझै उडिरहेको छ धुवाँ

हिमाल प्रेस २५ भदौ २०८२ ८:१० | Wednesday, September 10, 2025
सर्वोच्च अदालत भवनमा अझै उडिरहेको छ धुवाँ

काठमाडौँ- मंगलबार प्रदर्शनकारीद्वारा सर्वोच्च अदालत भवनमा लगाइएको आगो पूर्ण रूपमा निभेको छैन।

अदालत परिसरका अन्य भवनहरूबाट अझै पनि धुवाँ निस्किरहेको छ। सोमबारदेखि तीव्र बनेको जेनजी प्रदर्शनको क्रममा मंगलबार केही प्रदर्शनकारी सर्वोच्च अदालत परिसरमै पसेर आगजनी गरेका थिए।

आगलागीका कारण परिसरभित्र पार्किङ गरिएका सवारीसाधन जलेर नष्ट भएका छन्। घटनापछि अहिले सेनाले सडक तथा संवेदनशील स्थानहरूमा शान्ति सुरक्षाको जिम्मा लिएको छ।

प्रकाशित: २५ भदौ २०८२ ८:१० | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast