वैज्ञानिक महावीर पुन भन्छन्- मन्त्री बन्न प्रस्ताव आएको छ

हिमाल प्रेस २५ भदौ २०८२ १५:३७ | Wednesday, September 10, 2025
वैज्ञानिक महावीर पुन भन्छन्- मन्त्री बन्न प्रस्ताव आएको छ शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- वैज्ञानिक डा. महावीर पुनले जेनजी पुस्ताबाट आफूलाई मन्त्री बन्न प्रस्ताव आएको बताएका छन्।

देशमा जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न राजनीतिक अन्यौलका बीच वैज्ञानिक डा. पुनले मन्त्रीको प्रस्ताव अस्वीकार गरेका छन्।

डा.पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्,‘धेरैजना साथीहरूले मलाई फोन गरेर मन्त्री बन्न काठमाडौँ आउनु पर्छ भन्छन्। म बोलीको पक्का छु। पहिले देखि नै भनि रहेको छु- पायो भने प्रधानमन्त्री चाँहि बन्ने तर मन्त्री ता कुनै हालतमा नबन्ने।’

उनले थप लेखेका छन्, ‘मन्त्रीहरु चाँहि भाईबहिनीहरुलाई बनाउँछु अनि कार्यालयहरुमा सबैलाई पेलेरै भ्रष्टाचार हटाउँछु। भ्रष्टाचारीलाई गोद्ने अधिकार मलाई कानुनले नै दिनुपर्छ।’

जेनजीको आन्दोलनपछि देश सरकारविहीन अवस्थामा छ। हाल देशको सुरक्षा व्यवस्था नेपाली सेनाले सम्हालेको छ।

प्रकाशित: २५ भदौ २०८२ १५:३७ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast