रूपन्देही उपनिर्वाचनका सबै कार्यक्रम रद्द

हिमाल प्रेस ३० भदौ २०८२ १७:२५ | Monday, September 15, 2025
रूपन्देही उपनिर्वाचनका सबै कार्यक्रम रद्द

काठमाडौँ- निर्वाचन आयोगले रूपन्देही उपनिर्वाचनका सबै कार्यक्रम रद्द गरेको छ। सोमबार बसेको आयोगको बैठकले रूपन्देही उपनिर्वाचनका सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी नयाँ प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेकाले रूपन्देही उपनिर्वाचनका सबै कार्यक्रम रद्द गरिएको आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्य दीपक बोहराको मृत्यु भएपछि आयोगले रूपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचनको घोषणा गरेको थियो।

जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्वन्यायाधीश सुशील कोइरालाको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।

अन्तरिम प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले २७ भदौमा प्रतिनिधिसभा विघटन गरेका थिए।

प्रकाशित: ३० भदौ २०८२ १७:२५ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast