महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा-पुर्चौडी सडक अवरुद्ध

हिमाल प्रेस २ असोज २०८२ १२:०७ | Thursday, September 18, 2025
महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा-पुर्चौडी सडक अवरुद्ध

बैतडी- पहिरोले अवरुद्ध महाकाली राजमार्ग खुलेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका-५ सलसेनामा गएराति पहिरोले सो राजमार्ग अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडुले अवरुद्ध महाकाली राजमार्ग खुलेको जानकारी दिए। पहिरो गएको स्थानमा जोखिम भने कायमै रहेको बताइएको छ।

यसअघि गत मंगलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। लगातारको वर्षाले पहिरोले सिल्लेगडा-कालागाउँ-पुर्चौंडी सडक तीन दिनदेखि अवरुद्ध रहेको छ। उक्त सडकखण्डअन्तरर्गत दोगडाकेदार गाउँपालिका-२ को डाँडाइजर भन्ने ठाउँमा पहिरो खसेको रौलेश्वर मावि कफलकोटका प्राधानाध्यापक नरेन्द्र भाटले जानकारी दिए।

गत मंगलबार पहिरो खसेको र लगातारको वर्षाले पहिरो खस्ने क्रम जारी रहेको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन पूर्णरुपमा बन्द हुनुका साथै पैदल हिँड्नसमेत जोखिम भएको छ। स्थानीयहरूले पहिरो पन्छ्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रकाशित: २ असोज २०८२ १२:०७ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast