सिंहदरबारलाई मर्मतसम्भार गरी पूर्ववत् अवस्थामा फर्काइँदै [तस्बिरहरू]

रमेश दवाडी २ असोज २०८२ ११:०७ | Thursday, September 18, 2025
सिंहदरबारलाई मर्मतसम्भार गरी पूर्ववत् अवस्थामा फर्काइँदै  [तस्बिरहरू]

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेका संरचनाहरू फेरि ब्युँताउने प्रयत्न थालिएको छ। गत भदौ २४ गते आन्दोलनकारीले मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति निवास शीतल निवास, सर्वोच्च अदालतलगायत सरकारी संरचनामा आगजनी गरेका थिए।

आगजनीबाट क्षतिग्रस्त सरकारी संरचनाको मर्मतसम्हार, रङरोकन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्देशन दिएका थिए।

मन्त्री घिसिङको निर्देशनलगत्तै बुधबारदेखि सिंहदरबारको मर्मतसम्हार, रङरोकन सुरु गरिएको थियो। यतिखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालयलगायतको भवनमा रङरोकन भइरहेको छ।

आगजनीबाट बढी क्षति पुगेका भवनमा नेपाली सेनाले सुरक्षा दिएको छ। सिंहदरबारमै कार्यरत कर्मचारीलाई समेत क्षतिग्रस्त भवन अगाडिबाट हिँड्न सेनाले रोक लगाएको छ।

सिंहदरबारमा सफाइकर्मीहरूले मन्त्रालयअगाडि जलाइएका सवारीसाधन व्यवस्थापन तथा खरानी उठाउनेलगायतका काम गरिरहेका छन्।

प्रकाशित: २ असोज २०८२ ११:०७ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast