फिल्म ‘द प्रोफेस्नल गाइज’ बन्दै, निर्देशनमा मार्टिन भण्डारी र डार्विन श्रेष्ठ

हिमाल प्रेस १८ भदौ २०८२ ११:१६ | Wednesday, September 3, 2025
12
SHARES
फिल्म ‘द प्रोफेस्नल गाइज’ बन्दै, निर्देशनमा मार्टिन भण्डारी र डार्विन श्रेष्ठ

काठमाडौँ- ‘द प्रोफेस्नल गाइज’ नामक फिल्म बन्ने भएको छ। फिल्म मार्टिन भण्डारी र डार्विन श्रेष्ठको लेखन तथा निर्देशनमा बन्न लागेको हो।

सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजको साधना घर थिएटरमा कार्यक्रम गर्दै फिल्मको शीर्षक सार्वजनिक गरिएको हो।

शीर्षकअनुसार फिल्मको विषयवस्तु थ्रिलर कमेडी भएको अनुमान गर्न सकिन्छ। यसबारे निर्माण टिमले खुलाएकाे छैन्। कथावस्तु र कलाकारबारे केही दिनमा सार्वजनिक गर्ने तयारी रहेकाे टिमले जनाएकाे छ।

जे. के. एस. इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको सह-लेखन एवं सिर्जनात्मक निर्देशन अमन श्रेष्ठले गरेका हुन्।

पहिले ओस्कार कलेजमै फिल्मको कन्सेप्ट सुनाएको र कलेजकै सबैकाे मेहनतले फिल्म बनाउन सफल भएको सह-लेखक श्रेष्ठले बताए।

प्रकाशित: १८ भदौ २०८२ ११:१६ | Wednesday, September 3, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast