प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा, परिवारलाई १० लाख सहयोग

हिमाल प्रेस २९ भदौ २०८२ १२:०२ | Sunday, September 14, 2025
प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा, परिवारलाई १० लाख सहयोग जेनजी युवाहरूले भदौ २४ गते काठमाडौँमा गरेको प्रदर्शन।

काठमाडौँ- भदौ २४ गते काठमाडौँलगायत देशभर भएको प्रदर्शन क्रममा मृत्यु भएकाहरूको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणपछि सिंहदरबारमा आयोजित समारोहमा उक्त जानकारी दिइएको हो। यसैगरी प्रदर्शनमन क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने भएको छ। घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिदिने भएको छ।

जेनजीको आह्वानमा भएको प्रदर्शन क्रममा गत सोमबार नयाँ बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले गोली चलाएको थियो। नेपाल प्रहरीका अनुसार प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ।

प्रकाशित: २९ भदौ २०८२ १२:०२ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast