परिवर्तित समयको समीक्षाका लागि भन्दै रास्वपाले बोलायो केन्द्रीय समिति

हिमाल प्रेस ६ असोज २०८२ ८:५८ | Monday, September 22, 2025
परिवर्तित समयको समीक्षाका लागि भन्दै रास्वपाले बोलायो केन्द्रीय समिति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। कार्यवाहक सभापति डीपी अर्यालले आव्हान गरेको केन्द्रीय समिति बैठक मंगलबार बिहान ८ बजेदेखि केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

प्रवक्ता मनिष झाका अनुसार बैठकमा ७ वटा एजेण्डा तय गरिएका छन्। समसामयिक राजनीतिक अवस्थालगायतको विषयमा सुरूमा नेतृत्वबाट ब्रिफिङ हुनेछ। त्यस्तै प्रदेश बैठकहरूबाट प्राप्त विवरण सभापतिहरूले प्रस्तुत गर्ने छन्। परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा लिइनेछ।

पार्टी संगठन एवं विभाग, आगामी प्रतिनिधिसभा चुनावको रणनीति, महाधिवेशन र विविध विषयमा छलफल हुनेछ।

प्रकाशित: ६ असोज २०८२ ८:५८ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast