‘परान’ मा शंख बजाउँदै नीर शाह

हिमाल प्रेस ६ असोज २०८२ १७:२१ | Monday, September 22, 2025
‘परान’ मा शंख बजाउँदै नीर शाह

काठमाडौँ- वरिष्ठ अभिनेता नीर शाह अभिनीत ‘परान’ को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा उनी शंख बजाउँदै गरेको देख्न सकिन्छ। यसले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने अनुमान लगाउन सकिन्छ।

दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्मको सोमबार एक तस्बिर सार्वजनिक गरिएको हो। यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो।

निर्माणपक्षले फिल्मको कथाबारे खुलाएको छैन। ‘परान’ को ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ राखिएको छ। फिल्मको कथा निर्देशक आचार्यकै छ, भने पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।

नीर, महेश र अञ्जनासँगै फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारको अभिनय छ। बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको फिल्म कार्तिक १४ देखि देशभर प्रदर्शन हुनेछ।

प्रकाशित: ६ असोज २०८२ १७:२१ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast