धरानमा ‘जेनजी स्मारक’ निर्माण गर्ने मेयर हर्क साम्पाङको घोषणा

हिमाल प्रेस ३ असोज २०८२ ८:०८ | Friday, September 19, 2025
धरानमा ‘जेनजी स्मारक’ निर्माण गर्ने मेयर हर्क साम्पाङको घोषणा नगर प्रमुख हर्क साम्पाङ । तस्बिर : हिमालप्रेस ।

धरान- धरान उपमहानगरपालिकाका मेयर (नगरप्रमुख) हर्क साम्पाङले हालै भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा ‘जेनजी स्मारक’ निर्माण गर्ने घोषणा गरेका छन्। उनले स्मारक निर्माणका लागि जेनजी पुस्तालाई श्रमदानमार्फत सहभागी हुन आह्वान गरेका छन्।

मेयर साम्पाङले शुक्रबार सामाजिक सञ्जालमार्फत जनताको बोल्न र जान्न पाउने अधिकारमाथि भविष्यमा कुनै सरकारले अङ्कुश नलगाउने युगान्तकारी सन्देश दिन स्मारक निर्माणको निर्णय गरिएको बताएका छन्।

उनले भने, ‘सरकारलाई लोकतान्त्रिक बनाइराख्न २०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा शाहदत प्राप्त वीर सहिदहरूको सम्झनामा धरानमा जेनजी स्मारक बनाउने जानकारी दिन चाहन्छु।’

उनले देश निर्माण र संरक्षणमा अब जेनजी पुस्ताको नेतृत्व अपरिहार्य भएको उल्लेख गर्दै युवाहरूलाई श्रमदानमार्फत योगदान गर्न आव्हान गरे। गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा ७४ जना युवाले ज्यान गुमाएका थिए।

प्रकाशित: ३ असोज २०८२ ८:०८ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast