दुई दिनपछि सञ्चालनमा आयो बेनी-दरवाङ सडक

हिमाल प्रेस ३ असोज २०८२ २१:१५ | Friday, September 19, 2025
दुई दिनपछि सञ्चालनमा आयो बेनी-दरवाङ सडक

म्याग्दी- म्याग्दीको तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक दुई दिनपछि आज (शुक्रबार) साँझदेखि सञ्चालन भएको छ।

बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफ लाइन’ मानिन्छ। मंगला गाउँपालिका–२ लाम्पाटामा गत बुधबार राति खसेको पहिरो पन्छाएपछि सञ्चालन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख विष्णु पौडेलले डोजर परिचालन गरेर सडकमा थुप्रिएको पहिरो पन्छाएको बताए। मंगला, मालिका र धवलागिरि गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने यो सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत, ढुवानी र निकासीमा समस्या भएको थियो।

पटकपटक सडक अवरुद्ध हुँदा निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सबस्टेशन, सडक, भवनलगायत विकास आयोजना प्रभावित भएका छन्। रासस

प्रकाशित: ३ असोज २०८२ २१:१५ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast