दसैँ अवधिमा समेत झापा अदालत खुला रहने

हिमाल प्रेस ६ असोज २०८२ १७:५३ | Monday, September 22, 2025
दसैँ अवधिमा समेत झापा अदालत खुला रहने

भद्रपुर (झापा)– झापा जिल्ला अदालतमा यस वर्षको दसैँ बिदामा समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ हुने भएको छ।

अदालतका स्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईका अनुसार विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारबाहेकका दिन बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहनेछ। न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन लिई सुनुवाइ गर्न अदालत खुला रहने उनले बताए।

अन्य सरकारी कार्यालयले दसैँको अवसरमा सामान्यतया ६ दिन बिदा दिने गरे पनि देशभरका अदालतले भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन सार्वजनिक बिदा दिने परम्परा छ।

प्रकाशित: ६ असोज २०८२ १७:५३ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast