त्रिविअन्तर्गतका क्याम्पसमा छठपछि मात्रै पढाइ

हिमाल प्रेस २६ भदौ २०८२ ११:२८ | Thursday, September 11, 2025
त्रिविअन्तर्गतका क्याम्पसमा छठपछि मात्रै पढाइ फाइल तस्बिर

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा छठपछि मात्रै पढाइ सुरु हुने भएको छ।

असामान्य परिस्थितको कारण नियमित पठनपाठन कात्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ। कात्तिक १० गते छठपर्व परेको छ।

‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कात्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ।’ सूचना तथा जनसम्पर्क महाशाखाको विज्ञप्तिमा भनिएको छ।

जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ। कतिपय विद्यालयले परीक्षालाई मध्यनजर गर्दै अनलाइन कक्षा सुरु गरेका छन्।

प्रकाशित: २६ भदौ २०८२ ११:२८ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast