चीन–अमेरिका वार्ता : सी–ट्रम्प भेटतर्फको सानो तर महत्त्वपूर्ण संकेत

हिमाल प्रेस २६ भदौ २०८२ १९:०१ | Thursday, September 11, 2025
चीन–अमेरिका वार्ता : सी–ट्रम्प भेटतर्फको सानो तर महत्त्वपूर्ण संकेत फाइल तस्बिर

काठमाडौँ– अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञ तथा रक्षा प्रमुखबीचको वार्ताले दुई देशका नेताहरूबीच सम्भावित भेटवार्तातर्फ ‘सानो तर महत्त्वपूर्ण कदम’ को संकेत दिएको विश्लेषकहरूको भनाइ छ। तर उनीहरूले आसन्न शिखर सम्मेलनबारे अत्यधिक अपेक्षा नगर्न चेतावनी पनि दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अन्तिम भेट सन् २०१९ मा भएको थियो। यसपटकको सम्भावित भेटतर्फ सबैको ध्यान ताइवान, दक्षिण चीन सागर र अमेरिकी कर जस्ता संवेदनशील विषयमा केन्द्रित हुनेछ।

यस वर्ष दुई ठूला अर्थतन्त्रबीचको तनाव चर्किएको भए पनि अप्रिलपछि दुवैले एकअर्काको निर्यातमा बढ्दो कर लगाएका कारण केही चिसिएको देखिएको छ। ट्रम्प र सीले अन्तिमपटक जुनमा टेलिफोनमा कुरा गरेका थिए। अगस्तमा ट्रम्पले यस वर्ष वा केही समयपछि चीन भ्रमण गर्ने संकेत दिएका थिए। तर सीले यसबारे सार्वजनिक टिप्पणी गरेका छैनन्।

यसैबीच, बुधबार दुई देशका विदेश र रक्षा प्रमुखबीच भएको वार्ताले नेताहरूबीच प्रत्यक्ष भेटवार्ताको आशा थपेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा चीनसँग ‘रचनात्मक र खुला संवाद’ चाहेको बताएका थिए।

चिनियाँ विदेश मन्त्रालयले पनि वार्ता फलदायी भएको बताउँदै अमेरिकी पक्षका पछिल्ला नकारात्मक कार्य र भनाइहरूले चीनका वैध अधिकार र चासो कमजोर पारेको चेतावनी दिएको छ।

सिंगापुरका नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका एसोसिएट प्रोफेसर डिलन लोहले भने, ‘यो वार्ता अघिल्ला संवाद र व्यापार सम्झौताहरूको निरन्तरता हो। सकारात्मक संकत देखिन्छ, तर अझै धेरै कदम चाल्न बाँकी छ।’-रासस/एएफपी

प्रकाशित: २६ भदौ २०८२ १९:०१ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast