गाजामा स्थिति प्रतिघण्टा बिग्रँदै : संयुक्त राष्ट्रसंघ

हिमाल प्रेस २ असोज २०८२ २१:०३ | Thursday, September 18, 2025
गाजामा स्थिति प्रतिघण्टा बिग्रँदै : संयुक्त राष्ट्रसंघ फाइल तस्बिर : एफपी

काठमाडौँ– संयुक्त राष्ट्रसंघले गाजाको स्थिति प्रत्येक घण्टा बिग्रँदै गएको चेतावनी दिँदै नागरिकहरूको तत्काल सुरक्षाका लागि आह्वान गरेको छ।

संंयुक्त राष्ट्र संघले विस्थापन आदेशले कब्जा गर्ने पक्ष, विशेष गरी इजरायललाई नागरिक सुरक्षा गर्ने जिम्मेवारीबाट मुक्त नगर्ने स्पष्ट पारेको छ।

संयुक्त राष्ट्रसंघका मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजाको अल–रान्तिसी बाल अस्पतालमा दुई दिनअघि भएको हवाई आक्रमणमा क्षतिग्रस्त भएको छ। यसबाट आधा बिरामी र हेरचाह गर्ने व्यक्तिहरूलाई असहज अवस्थामा पारेको छ।

मानवीय साझेदारहरूले मार्चमा युद्धविराम समाप्त भएदेखि ८० वटा चिकित्सा सुविधा र प्राथमिक स्वास्थ्य केन्द्र क्षतिग्रस्त भएको पुष्टि गरेका छन्। तीमध्ये ६५ सेवा हाल बन्द छन्।

गाजाको दक्षिणी क्षेत्रमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने तीन सहायता केन्द्र स्थापना गरिएको छ। यद्यपि, प्यालेस्टिनी टेलिकम कम्पनीले बुधबार राति गाजामा इन्टरनेट पूर्ण रूपमा बन्द भएको रिपोर्ट गरेको छ।

इन्टरनेट बन्द हुँदा बासिन्दा र मानवीय कार्यकर्तालाई महत्त्वपूर्ण जानकारी प्राप्त गर्न रोक लगाएको छ।

संयुक्त राष्ट्रसंघका मानवीय साझेदारहरूले भारी गोलाबारीले गाजाका मानिस, विशेष गरी बालबालिका, अनाथ र घाइतेहरूमा पीडा बढाइरहेको बताएका छन्।-रासस/क्युएनए

प्रकाशित: २ असोज २०८२ २१:०३ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast