आज कति पुग्यो सुनचाँदीको मूल्य?

हिमाल प्रेस ३ असोज २०८२ १२:०० | Friday, September 19, 2025
आज कति पुग्यो सुनचाँदीको मूल्य?

काठमाडौँ- स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले वृद्धि भई सुनको मूल्य दुई लाख १६ हजार रुपैयाँ पुगेको छ। बिहीबार यसअघि सुन दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार प्रतितोला दुई हजार पाँच सय ३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६० रुपैयाँले बढेर दुई हजार पाँच सय ८० रुपैयाँमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३६५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ३ असोज २०८२ १२:०० | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast