 
                             
                                            काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ। गएका दुई दिन लगातार बढेर उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज तोलाको एक हजार रुपैयाँ घटेको हो।
आज सुनको मूल्य तोलाको दुई लाख १६ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार प्रतितोला एक हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो।
सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार बढेर हालसम्मकै महँगो भएको चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँ घटेको हो।
चाँदीको मूल्य आज तोलाको दुई हजार पाँच सय ५० रुपैयाँमा झरेको छ।
                            प्रकाशित: १ असोज  २०८२ ११:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 