अमेरिका : टिकटक सम्झौतामा चीनसँग ‘धेरै नजिक’

हिमाल प्रेस ३० भदौ २०८२ १६:०२ | Monday, September 15, 2025
अमेरिका : टिकटक सम्झौतामा चीनसँग ‘धेरै नजिक’

काठमाडौँ– अमेरिका टिकटकसम्बन्धी विवाद सुल्झाउन चीनसँगको सम्झौताको ‘धेरै नजिक’ पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताएका छन्।

बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार मेड्रिडमा पछिल्लो चरणको वार्ता सुरु गरेका थिए।

यस वार्ताले व्यापार र प्रविधिमा रहेका मतभेदलाई कम गर्दै दुई ठूला अर्थतन्त्रबीचको सम्बन्धलाई सहज बनाउन खोजेको हो। बैठकहरू बुधबारसम्म चल्ने अपेक्षा गरिएको छ। बुधबार टिकटकका लागि खरिदकर्ता फेला पार्ने वा प्रतिबन्धको सामना गर्ने समयसीमा पनि हो।

‘टिकटक सम्झौतामा हामी मुद्दा समाधान गर्न निकै नजिक छौँ,’ बेसेन्टले दोस्रो दिनको वार्ताका लागि स्पेनको विदेश मन्त्रालय आइपुगेपछि पत्रकारहरूसँग भने, ‘यदि हामी सहमतिमा पुग्न सकेनौँ भने पनि यसले दुई देशबीचको समग्र सम्बन्धलाई असर गर्दैन। सम्बन्ध अझै पनि उच्च स्तरमा राम्रो छ।’

टिकटक चीनमा आधारित इन्टरनेट कम्पनी बाइटडान्सको स्वामित्वमा छ। राष्ट्रिय सुरक्षाको आधारमा टिकटकको बिक्री वा प्रतिबन्ध आवश्यक पर्ने संघीय कानून राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनुभन्दा एक दिनअघि जनवरी २० देखि लागू भएको थियो।

आफ्नो सन् २०२४ को चुनाव अभियानमा सामाजिक सञ्जाल महत्त्वपूर्ण थियो र आफूले टिकटकलाई मन पराउने बताउनुहुने ट्रम्पले प्रतिबन्धमा रोक लगाएका थिए। जुनको मध्यतिर उनले एपका लागि गैर–चिनियाँ खरिदकर्ता खोज्न वा अमेरिकामा प्रतिबन्ध लाग्ने विकल्पसहित ९० दिनको समयसीमा थपेका थिए। त्यो म्याद यही बुधबार समाप्त हुँदैछ।-रासस/एएफपी

प्रकाशित: ३० भदौ २०८२ १६:०२ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast