अफगानिस्तानको बगराम एयरबेस अमेरिका पुन: नियन्त्रणमा लिन चाहेको छ : ट्रम्प

हिमाल प्रेस २ असोज २०८२ २१:३२ | Thursday, September 18, 2025
अफगानिस्तानको बगराम एयरबेस अमेरिका पुन: नियन्त्रणमा लिन चाहेको छ : ट्रम्प फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन अफगानिस्तानस्थित बगराम एयरबेसलाई पुनः प्राप्त गर्ने दिशामा प्रयासरत रहेको बताएका छन्।

उनले यसलाई ‘सानो ब्रेकिङ न्युज’ भन्दै चीनसँग सम्बन्धित रणनीतिक कारणले पनि यसको विशेष महत्व रहेको जिकिर गरे।

राष्ट्रपति ट्रम्पले भने,‘हामी यो अड्डा फिर्ता लिन चाहिरहेका छौँ, किनभने चीनले परमाणु हतियार निर्माण गर्ने स्थान त्यहाँबाट करिब एक घन्टाको दूरीमा मात्र रहेको छ।’

बगराम एयरबेस सन् १९५० को दशकमा तत्कालीन सोभियत संघले निर्माण गरेको थियो। सोभियत कब्जाका क्रममा अर्थात् सन् १९८० को दशकमा यो उनीहरूको मुख्य सैन्य अड्डा बनेको थियो। त्यसपछि सन् २००१ मा अमेरिकाले तालिबानलाई सत्ताबाट हटाएपछि एयरबेस नियन्त्रणमा लिएको थियो।

त्योबेला बगराम एयरबेस भग्नावशेषमा परिणत भइसकेको थियो। तर, अमेरिकी सेनाले यसलाई पुनः निर्माण गरी करिब ७७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएका एक विशाल सैन्य अड्डाका रूपमा विकास गर्‍यो।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछिदेखि नै ट्रम्पले अमेरिकाले बगराम एयरबेस छोड्न नहुने बताउँदै आएका छन्। उनका अनुसार यो स्थान भौगोलिक स्थिति चीनको नजिक भएकाले अत्यन्तै रणनीतिक रहेको छ।

प्रकाशित: २ असोज २०८२ २१:३२ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast