अत्यावश्यक बैंकिङ सेवा चालु गर्न राष्ट्र बैंकको आग्रह

हिमाल प्रेस २६ भदौ २०८२ ११:१५ | Thursday, September 11, 2025
अत्यावश्यक बैंकिङ सेवा चालु गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सबै इजाजतपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरुलाई अत्यावश्यक सेवा चालु गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले संवेदनशील प्रणालीहरू सीमित कर्मचारीमार्फत सञ्चालन गर्न तथा अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा थाल्न आग्रह गरेको हो। अन्य प्रणाली भने जोखिमको आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन भनिएको छ।

सञ्चालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवाबारे सूचना आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन राष्ट्र बैंकले सबै वित्तीय संस्थालाई अनुरोध गरेको छ।

प्रकाशित: २६ भदौ २०८२ ११:१५ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast