धरानको भाटभटेनीमा आगजनी हुँदा पूर्णरूपमा जलेको अवस्थामा शव फेला

हिमाल प्रेस २७ भदौ २०८२ १२:०४ | Friday, September 12, 2025
धरानको भाटभटेनीमा आगजनी हुँदा पूर्णरूपमा जलेको अवस्थामा शव फेला

इटहरी- जेनजी प्रदर्शनकारीको आडमा मंगलबार धरानस्थित भाटभटेनी सुपरमार्केटमा अराजक समूहले आगजनी गर्दा एक व्यक्तिको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार पूर्णरूपमा जलेको अवस्थामा शव भेटिएको हो।

भाटभटेनीको दोस्रो तलामा शवको टाउको मात्र भेटिएको र हालसम्म पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो दिन भानुचोकमा जेनजी समूहको आन्दोलन सकिएलगत्तै केही व्यक्तिहरू लुटपाट गर्ने उद्देश्यले बन्द अवस्थामा रहेको सुपरमार्केटभित्र प्रवेश गरेका थिए।

त्यही क्रममा आगो लाग्दा एक जनाको मृत्यु भएको बताइएको छ। आगलागी नियन्त्रणका लागि दमकल र सुरक्षाकर्मी परिचालन भए पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको थिएन। आगलागीबाट ठूलो मात्रामा क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

हाल घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: २७ भदौ २०८२ १२:०४ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast