‘जारी २’ को प्रर्दशन रोकियो

हिमाल प्रेस २९ भदौ २०८२ १५:४९ | Sunday, September 14, 2025
‘जारी २’ को प्रर्दशन रोकियो

काठमाडौँ- फिल्म ‘जारी २:  सङ अफ च्याब्रुङ’ आगामी असोज ३ मा प्रदर्शन नहुने भएको छ। जेनजी आन्दोलनको प्रभाव फिल्म प्रचारमा समय नपुगेकाे भन्दै पहिलेकाे मितिमा प्रदर्शन नहुने निर्देशक उपेन्द्र सुब्बाले जानकारी दिए।

उनले भने, ‘हाम्रो ट्रेलर रिलिज कार्यक्रम पनि स्थगित भयो। आन्दोलनपछि नयाँ सरकार बनाउने प्रक्रियामा केही दिन लम्बियो। हामीले फिल्मको पर्याप्त प्रचार गर्न सकेका छैनौँ।’ उनले भने। टिमसँगको छलफलपछि प्रदर्शनको नयाँ मिति सार्वजनिक गर्ने तयारी भइरहेको निर्देशक सुब्बाले बताए।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुले अभिनय गरेका छन्।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ हुन्।

प्रकाशित: २९ भदौ २०८२ १५:४९ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast