अन्तरिम सरकार गठन हुँदा संविधान लिक बाहिर गयो : रास्वपा

हिमाल प्रेस ३ असोज २०८२ १२:२३ | Friday, September 19, 2025
अन्तरिम सरकार गठन हुँदा संविधान लिक बाहिर गयो : रास्वपा रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकार गठन प्रक्रियामा संविधान लिक बाहिर गएको ठहर गरेको छ।

पार्टीका अनुसार अन्तरिम सरकार बनाउन बाध्यात्मक परिस्थिति खडा हुँदा अक्षरभन्दा भावना प्राथमिकता दिनु परेकाले संविधान केही हदसम्म लिक बाहिर गएको हो।

तर, सरकारले घोषणा गरेको निर्वाचनमार्फत संविधान पुनः सही दिशामा फर्किने अपेक्षा रहेको रास्वपाले जनाएको छ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति डीपी अर्यालले निर्वाचनलाई सफल बनाउन सामूहिक खबरदारी र सक्रिय पहल गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गरेका छन्।

अर्यालले संविधानमा निहित लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समानताको सिद्धान्तलाई व्यवहारमा उतार्ने पार्टीको अडान दोहोर्‍याउँदै संवैधानिक सुधारको मुद्दा निरन्तर उठाउँदै आएको स्मरण गराएका छन्।

‘संविधान परिमार्जन नगरी मुलुकमा आमूल सुधार सम्भव छैन भन्ने हाम्रो अडानलाई पछिल्लो जेनजी विद्रोह र त्यस क्रममा उठेका आवाजहरूले पनि पुष्टि गरेका छन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: ३ असोज २०८२ १२:२३ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast