नेपाल हुँदै भारतमा जैश-ए-मोहम्मदका तीन आतंकवादी प्रवेश गरेको दावी

हिमाल प्रेस १२ भदौ २०८२ १६:१८
16
SHARES
नेपाल हुँदै भारतमा जैश-ए-मोहम्मदका तीन आतंकवादी प्रवेश गरेको दावी बिहार प्रहरीले सार्जनिक गरेको शंकास्पदहरूको तस्बिर। स्रोत : इन्डियाटुडे

काठमाडौँ – जैश-ए-मोहम्मद समूहका तीन आतंकवादी नेपाल हुँदै भारतको बिहार प्रवेश गरेको भारतीय सुरक्षा अधिकारीहरूले दाबी गरेका छन्। भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले नेपाली भूमि हुँदै तीन जना आतंकवादी भारतको बिहार प्रवेश गरेको जनाएका हुन्।

इन्डिया टुडेको अनलाइन संस्करण   (https://www.indiatoday.in/india/story/bihar-police-high-alert-pakistan-jaish-terrorists-enter-india-nepal-border-2778002-2025-08-28)  ले नेपालको भूमि हुँदै ति आतंककारीहरु भारतको बिहार छिरेको उल्लेख गरेको छ।

भारतको प्रहरी मुख्यालयले बिहारमा आतंकारी प्रवेश गरेकाले सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिँदै गुप्तचर निकायलाई पनि परिचालन गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

जैश ए मोहम्मदका आदिल हुसैन, हसनैन अली र मोहम्मद उस्मान नेपाल हुँदै भारतमा घुसेको भारतीय सञ्चार माध्यम इन्डिया टुडेमा समाचार छ। तीनै जना पाकिस्तानी नागरिक भएको र नेपाल हुँदै उनीहरु भारततर्फ आएको समेत समाचारमा उल्लेख छ। उनीहरु भारतमा प्रवेश गरेसँगै सुरक्षा निकायमा हलचल मच्चिएको बताइएको छ।

भारतीय प्रहरीले उनीहरुको हुलिया र परिचयसहितको विवरण सबैतिर पठाइसकेको पनि जनाएको छ। यद्यपि नेपालको कुन सीमा नाकाबाट कहिले भारत प्रवेश गरेको भन्ने  उल्लेख गरिएको छैन्। पाकिस्तानी आतंककारीहरु भारत प्रवेश गरेको भन्दै सतर्क रहन भनिएको छ । भारतीय सरकारले खासगरी बिहार क्षेत्रको प्रहरी युनिटलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

अररिया, सीतामढी, किशनगञ्ज, मधुबनी, पश्चिम चम्पारण र सुपौलका प्रहरीहरुलाई अलर्टमा राखिएको पनि समचारहरुले जनाएको छ। त्यस क्षेत्रमा हुने संदिग्ध गतिविधिलाई निगरानीमा राखेको पनि उल्लेख छ। साथै स्थानीयलाई पनि कुनै गतिविधिमा शंका लागेमा नजिकको प्रहरीमा खबर गर्न भनिएको छ।

नेपालबाट यसरी पटक–पटक पाकिस्तानी प्रवेश गरेको र भारतले पक्राउ गरेको छ। यसअघि सन् २०२४ मा पनि नेपालबाट आतंकवादी घुसेको भन्दै तीन जनालाई भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए।

प्रकाशित: १२ भदौ २०८२ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast