
म्यानमार (रासस/एएफपी)- म्यानमारको पश्चिमी राखिन राज्यअन्तर्गतको मराउक यू नगरमा सोमबार राति भएको हवाई आक्रमणमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार राति करिब ११ बजेतिर सो घटना घटेको हो।
राखिन राज्य विगत केही समयदेखि द्वन्द्वग्रस्त रहँदै आएको छ, जहाँ सेनाले विद्रोही समूहहरूसँग संघर्ष गरिरहेको छ। सन् २०२३ मा तत्कालीन निर्वाचित सरकारलाई हटाएर सेनाले सत्ता हातमा लिएपछि देशभर द्वन्द्व चर्किएको हो।
अराकान सेनाका प्रवक्ता खाइङ थु खाले घटनामा पाँच बालबालिकासहित १२ जनाको ज्यान गएको र २० जना घाइते भएको जानकारी दिएका छन्।
राखिन क्षेत्रमा दुवै पक्ष सैनिक बल र विद्रोही समूहहरूमाथि विगतदेखि नै मानव अधिकार उल्लंघनका गम्भीर आरोप लाग्दै आएका छन्। पछिल्ला केही महिनामा द्वन्द्वको प्रभावले करिब २० प्रतिशत जनसंख्या विस्थापित भएको छ।