सूर्यदर्शन सहकारी प्रकरणमा ज्ञानबहादुर १० लाख धरौटीमा छुटे

हिमाल प्रेस ८ भदौ २०८२ २०:२८
16
SHARES
सूर्यदर्शन सहकारी प्रकरणमा ज्ञानबहादुर १० लाख धरौटीमा छुटे

पोखरा– पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जनलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

आइतबार न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

गोविन्द अधिकारीसमेतको जोहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ढोरपाटनका मेयर देवकुमारी नेपालीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको पूरक अभियोग गत वर्ष अदालतमा दायर भएको थियो।

त्यसअघि, १८ असोज, २०८० मा १९ जनालाई प्रतिवादी बनाइएको थियो। जसमा कुल ६३ जना प्रतिवादी कायम छन्।

बहुचर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमै जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसमेत ६ जनालाई गत वर्ष कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो।

उक्त सहकारी ठगीमा मुख्य अभियुक्त जीवी राई हुन्। उनी अझैसम्म फरार छन्। नाताले ज्ञानबहादुर उनका जेठान पर्छन्। ज्ञानबहादुरसमेत फरार भएपछि अदालतले उनको नाममा पक्राउ पुर्जाी जारी गरेको थियो। लामो समय फरार रहेका उनी आइतबार आफैँ अदालत उपस्थित भएका थिए। उनको बयानपछि एकै दिनमा थुनछेक बहस सकाउँदै आदेश आएको हो।

बम्जनका तर्फबाट द्रोण दाहाल र निर्मलाराज पौडेलले बहस गरेका थिए। निवेदक सहकारीपीडितका तर्फबाट युवराज पराजुली, बीबी विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका हुन्।

प्रकाशित: ८ भदौ २०८२ २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast