कोशी राजमार्गको हुङडुङखण्डमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

हिमाल प्रेस ७ भदौ २०८२ १४:२१
8
SHARES
कोशी राजमार्गको हुङडुङखण्डमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

खाँदबारी- कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङडुङ खण्डमा गएको ठूलो पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ। खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोका कारण सडकमा यातायात पूर्णरूपमा ठप्प बनेको हो।

उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा ढुंगा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ। ‘सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्नसक्ने अवस्था छैन। भिरालो भूभाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ,’ उनले भने।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ । तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रुसमेत समस्यामा परेका छन्।

गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो निकै ठूलो भएकाले सडक कहिले खुल्ने भन्ने टुंगो लाग्न सकेको छैन । हाल पहिरो पन्छाउने प्रयास जारी राखे पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना छैन । रासस

प्रकाशित: ७ भदौ २०८२ १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast