खानेपानीमन्त्री र भारत सरकारका विज्ञ टोलीबीच छलफल

हिमाल प्रेस ३० साउन २०८२ १९:३०
8
SHARES
खानेपानीमन्त्री र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेशको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको छ।

मधेश प्रदेशमा देखिएको खानेपानी संकटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरी काठमाडौँ फर्किनुभएका भारत सरकारका विज्ञ टोलीसँग शुक्रबार मन्त्रालयमा गहन छलफल भएको हो।

उक्त टोलीले तराई-मधेश क्षेत्रमा खानेपानीको वर्तमान अवस्था, विद्यमान समस्य, तत्कालीन र दीर्घकालीन समाधानका लागि भइरहेका कार्यलगायत पक्ष समेटेर तयार पारिएको प्रतिवेदनबारे जानकारी गराएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिए।

विज्ञ टोलीसँग मधेश प्रदेशको खानेपानी संकट र त्यसको स्थायी समाधानका विषयमा गहन र सार्थक छलफल भएको बताउँदै छलफलबाट प्राप्त निष्कर्ष र विज्ञ टोलीको सुझावका आधारमा सरकारले आवश्यक कार्य अघि बढाउने मन्त्री यादवले जानकारी दिए।

मन्त्री यादवले केही महिनाअघि भारत सरकारको जलशक्ति मन्त्रालयसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको स्मरण गर्दै उक्त सहकार्यले नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

छलफलका क्रममा भारतीय विज्ञ टोलीका प्रतिनिधि एवं देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राईले तराई–मधेशका संकटग्रस्त जिल्लाहरूमा पुगेर आफूहरूले स्थलगत रूपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार गरिरहेको जानकारी दिए।

प्रकाशित: ३० साउन २०८२ १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast