सहरमा आजः पुस्तक विमोचन, नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

हिमाल प्रेस ३१ साउन २०८२ ६:४४
4
SHARES
सहरमा आजः पुस्तक विमोचन, नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

काठमाडौँ- आज साउनको अन्तिम शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता दुई पुस्तक विमोचन हुँदैछ। त्यस्तै थिएटरमा पनि दुई नाटक मञ्चनरत छ। हलमा भने हिन्दी फिल्मको चेपुवामा दुई नेपाली फिल्म ‘सिटामोल’ र ‘मोहर’ चलिरहेको छ।

कहाँ केके हुँदै छ हेरौं,

डा. तीर्थराज श्रेष्ठको ‘गोपाल गाथा’
ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठको पुस्तक ‘गोपाल गाथा’ लोर्कापण हुँदैछ। कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ। पुस्तक बुकहिलले प्रकाशन गरेको हो।

उमा सुवेदीको आख्यान ‘परिधि’
उमा सुवेदीको आख्यान ‘परिधि’ लोकार्पण हुँदैछ। भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा कार्यक्रम दिउँसो १ः३० बजे सुरु हुनेछ। कार्यक्रममा वक्ताका रुपमा अभिनेत्री गौरी मल्ल, साहित्यकार कुमारी लामा र केशव दाहाल उपस्थित हुनेछन्।

मण्डलामा नाटक ‘आवर्ती’
थापागाउँस्थित मण्डला थिएटरमा साउन ३० देखि नाटक ‘आवर्ती’ मञ्चन भइरहेको छ। नाट्यकर्मी सम्राट भुजेलको लेखन र निर्देशनमा बनेको नाटक आत्माको खोजको कथामा आधारित छ। आगामी भदौ १५ सम्म मञ्चन हुने नाटकमा मोडल तथा कलाकार गरिमा शर्मासहित प्रार्थना पाठक, श्रीशेष श्रेष्ठ, चिराग पनेरु र दीपेश गजुरेलले अभिनय गरेका छन्। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे मञ्चन हुने नाटक शनिबार आज दिउँसो १ः३० बजे अतिरिक्त सो पनि हुनेछ।

कौसी थिएटरमा ‘कागताली’
टेकुस्थित कौसी थिएटरमा नाटक ‘कागताली’ यही साउन ७ देखि मञ्चन भइरहेको छ। आज नाटक मञ्चनको अन्तिम दिन हो। आज दिउँसो १ बजे र साँझ ५ः३० मा दुई सो हुँदैछ। नाटकका लेखक तथा निर्देशक नवीन चन्द्र अर्याल हुन्। नाटकले एउटा परिवारमा भएको मृत्युको रहस्यात्मक घटनालाई देखाएको छ। यसमार्फत महिला स्वतन्त्रता र सशक्तीकरणको विषय जोडिएको छ। आज नाटक मञ्चनको अन्तिम दिन हो। नाटकमा बास्ना तिमिल्सिना, रुपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अमृत कौचा, सुष्मा निरौला, दीपेन्द्र शाही, युबिना भट्टराई र आकृति बुढाथोकीले अभिनय गरेका छन्।

हलमा हिन्दी र नेपाली फिल्म
कूली
बलिउड फिल्मे ‘कूलीः द पावरहाउस’ साउन २९ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। लोकेश कनागराजको निर्देशित फिल्ममा रजनीकान्त, श्रुति हसन, नागार्जुन, उपेन्द्र राव, सौबिन शाहिर आमिर खानलगायत कलाकारको अभिनय छ।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार राइजिङ मल, सिटी स्क्वायर मल, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्समा फिल्मको ३५ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमा, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘कूलीः द पावरहाउस’ चलिरहेकाे छ।

वार २
बलिउड फिल्म ‘वार २’ साउन २९ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक आयन मुखर्जी हुन्। फिल्ममा ऋतिक रोशन, एन.टी. रामा राव, जूनियर, कियारा आडवाणीलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन, एडभेञ्चर र थ्रिलर जनरामा बनेको छ।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार राइजिङ मल, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको ४४ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमा, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल,

सिटामोल
फिल्म ‘सिटामोल’ यही साउन २३ देखि प्रदर्शन भइरहेको छ। कर्णाली परिवेशमा बनेको फिल्मले जनयुद्धमा घाइते भएका चन्द्र बहादुर बुढा पात्रको कथा प्रस्तुत गरेको छ। फिल्मका निर्देशक राजबहादुर साने हुन्। फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, हिउँकला गौतमलगायत कलाकारको अभिनय छ। उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिटी स्क्वायर मल, बिग मुभिज, एफक्युब सिनेमा, बिएसआर मुभिज, विश्वज्योति हलमा फिल्म ‘सिटामोल’ को सो छ।

मोहर
फिल्म ‘मोहर’ पनि साउन २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मले देउकी प्रथाको कथा प्रस्तुत गरेको छ। फिल्मका लेखक तथा निर्देशक ओम प्रतीक हुन्। फिल्ममा बेनिशा हमाल, नीति शाह, पल शाह, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ११ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमा, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, विश्वज्योति हल, फिल्म ‘मोहर’ प्रदर्शनरत छ।

विपोन्स
हलिउड फिल्म ‘विपोन्स’ साउन २३ देखि हलमा प्रदर्शन भएको छ। फिल्मका निर्देशक ज्याक क्रेगर हुन्। हरर जनरामा बनेको फिल्ममा जोस ब्रोलिन, जुलिया गार्नर, एल्डेन एहरेनेच, अस्टिन अब्राम्सलगायत कलाकारको अभिनय छ।  क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, लबिम मल र छाया सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मलमा फिल्मको सो छ।

महावतार नरसिंहा
बलिउड फिल्म ‘महावतार नरसिंहा’ साउन ९ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक अश्विन कुमार हुन्। क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मल, बिग मुभिज, विश्वज्योति हलमा फिल्मको सो छ।

सैयारा
बलिउड फिल्म ‘सैयारा’ साउन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। प्रेम कथामा आधारित फिल्म ड्रामा र रोमान्टिक जनरामा बनेको छ। फिल्मका निर्देशक कोहित पुरी हुन्। फिल्ममा आहान पाण्डे, अनिता पड्डा मुख्य भूमिकामा छन्।
शनिबार क्युएफएक्स सिनेमाजअन्तर्गत उपत्यकाको सिभिल मल, एफक्युब सिनेमाज र रञ्जना सिनेप्लेक्समा बलिउड फिल्म ‘सैयारा’ प्रदर्शनरत छ।

प्रकाशित: ३१ साउन २०८२ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast