बीपी प्रतिष्ठानको उपकुलपतिमा डा. विक्रम श्रेष्ठ, अन्तिम चारबाटै बाहिरिए रामेश

हिमाल प्रेस २८ साउन २०८२ ८:३२
28
SHARES
बीपी प्रतिष्ठानको उपकुलपतिमा डा. विक्रम श्रेष्ठ, अन्तिम चारबाटै बाहिरिए रामेश

इटहरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन् ।

प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार श्रेष्ठलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । नियुक्ति पत्र बुधबार (आज) लिने बताइएको छ ।

प्रतिष्ठानको उपकुलपति यसअघि चार जनाको नाम सिफारिस भएको थियो ।

प्राडा प्रह्लाद कार्की, प्राडा रामेश कोइराला र प्रा डा रोहित यादवको नाम सर्च कमिटीले तय गरेपनि प्रा डा श्रेष्ठलाई पनि सिफारिसमा छुटाउन नहुने भन्दै चर्को दबाब भएपछि चार जनाको नाम पठाइएको थियो।

मूल रूपमा प्रा डा श्रेष्ठको नाम सुरुमा प्रमुख सूचीमा नपरे पनि स्थानीय माग र प्रतिष्ठानभित्रको दबाबका कारण उनी पनि सिफारिसमा परेपछि उपकुलपतिमा नियुक्त भएका हुन्।

श्रेष्ठ हाडजोर्नी बिशेषज्ञ हुन्। विगतमा उनी प्रतिष्ठानमा एक कार्यकाल शिक्षाध्यक्षको जिम्मेवारी पनि पूरा गरिसकेका छन्। धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई नै उपकुलपतिमा नियुक्त गर्नुपर्ने आवाज उठेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast