इस्लिङ्टन कलेजमा तीन दिने प्रविधि महोत्सव सम्पन्न

हिमाल प्रेस २५ साउन २०८२ १४:४५
8
SHARES
इस्लिङ्टन कलेजमा तीन दिने प्रविधि महोत्सव सम्पन्न

काठमाडौँ- सूचना प्रविधिको गतिशील संसारमा नयाँ पुस्तालाई अघि बढाउने उद्देश्यसहित इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमी, काठमाडौँको सहकार्यमा तीन दिने प्रविधि महोत्सव फ्युचरामा २०२५ सम्पन्न गरेको छ।

साउन २१ देखि २३ गतेसम्म इस्लिङ्टन कलेज परिसरमा आयोजित प्रदर्शनीले नेपाली युवाको प्रविधिमैत्री सोच, सिर्जनशीलता र प्रयोगात्मक सीपलाई उजागर गरेको आयोजकहरूले बताएका छन्।

महोत्सवमा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधनका मोडल, रोबोटिक सहायक तथा विभिन्न एनिमेशन अनुभवहरू सहभागीको विशेष आकर्षण बने। साथै, डिजिटल सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा अन्तरक्रियात्मक बूथ, प्रत्यक्ष प्रस्तुति र कार्यशाला सञ्चालन गरिएको थियो।

कार्यक्रमको प्रमुख समन्वयकर्ता अनिशा आचार्यले भनिन्, ‘फ्युचरामाको उद्देश्य प्रविधिमा रुचि राख्ने युवालाई प्रयोगात्मक सिकाइको अवसर दिनु हो। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै दिगोपन र उद्यमशीलताको सोच विकास गर्छ।’

अन्तिम दिनमा युवामाझ लोकप्रिय ‘कफी रेभ’ पनि आयोजना गरिएको थियो। आयोजकका अनुसार तीन दिनमा ३५०० भन्दा बढी युवाले प्रदर्शनी अवलोकन गरेका थिए।

फ्युचरामा २०२५ ले केवल प्रविधिको प्रदर्शन मात्र नभई दिगोपन, उद्यमशीलता र प्रयोगात्मक शिक्षाको संस्कृति स्थापना गर्ने दिशामा उल्लेखनीय योगदान पुर्‍याएको आयोजकहरूको भनाइ छ।

कार्यक्रम आगामी दिनमा नेपालका अन्य प्रमुख सहरहरूमा पनि आयोजना गरिने योजना रहेको बताइएको छ।

प्रकाशित: २५ साउन २०८२ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast