झडपपछि कैलाली कारागार कैदीहरूको ‘नियन्त्रण’ मा

हिमाल प्रेस २४ साउन २०८२ १६:४८
40
SHARES
झडपपछि कैलाली कारागार कैदीहरूको ‘नियन्त्रण’ मा फाएल तस्बिर

काठमाडौँ- कैदीहरूबीच भएको झडपछि कैलाली कारागारमा सुरक्षा निकायको टोली प्रवेश गर्न सकेको छैन। शुक्रबार मध्यरातमा झडप भए पनि हालसम्म कारागारभित्र सुरक्षा निकायको टोली प्रवेश गर्न नसकेको हो।

कैलाली कारागारभित्र शुक्रबार मध्यराति दुई कैदी समूहबीच झडप हुँदा एक जनाको गएको थियो भने ४७ जना घाइते भएका छन्। झडपमा परी धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो। झडपपछि कैदीहरूले कारागारलाई आफ्नो नियन्त्रणमा लिएका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले कारागारभित्रको अवस्था शान्तिपूर्ण रहे पनि आफूहरू भित्र प्रवेश गर्न नसकेको बताए।

‘अहिले अवस्था शान्तिपूर्ण नै छ। तर, हामीहरू अहिलेसम्म कारागारभित्र प्रवेश गर्न पाएका छैनौँ। कैदीहरू आक्रोशित देखिएका छन्,’ प्रमुख जिल्ला अधिकारी हमालले हिमालप्रेससँग भने,‘थप घटना नहोस् भनेर पनि हामीहरू जबरजस्ती भित्र प्रवेश गर्न चाहेका छैनौँ।’

सुरक्षा कक्षबाट कारागारभित्रको अवस्था हेर्न सकिए पनि जबजरजस्ती भित्र प्रवेश गर्न नचाहेको उनले बताए। हमालले भने,‘माथि सेक्युरिटीबाट हेरिरहेका छौँ। भित्र जान सक्ने अवस्था छैन। बल प्रयोग गरे मात्रै सम्भव जस्तो देखिएको छ। हामीले बल प्रयोग गर्न चाहेका छैनौँ।’

उनले झडपमा परी घाइते भएका कैदीहरूको उपचारमा आफूहरू लागि रहेको जानकारी दिए। घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए।

शुक्रबार मध्यराति कैदीहरूको दुई समूहबीच झडप भएको थियो।

प्रकाशित: २४ साउन २०८२ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast