पशुपति क्षेत्रको सम्पत्ति उपयोगबारे संसदीय समितिको चासो

हिमाल प्रेस २२ साउन २०८२ १७:१४
14
SHARES
पशुपति क्षेत्रको सम्पत्ति उपयोगबारे संसदीय समितिको चासो पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँँगको छलफलमा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू।

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेका सम्पूर्ण जग्गाको प्रयोग र उपयोगकर्ताबारे विवरण पेस गर्न निर्देशन दिएको छ।

बिहीबार पशुपति क्षेत्र विकास कोषको निरीक्षणपछि समितिले भदौ १५ भित्र सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको हो। हाल कुनकुन जग्गा कोको प्रयोगकर्ता छन् भन्नेबारे विस्तृत विवरण मागिएको सभापति राजकिशोर यादवले जानकारी दिए। ‘नियमविपरीत अधिकारको दुरुपयोग गरी कोषको जग्गा प्रयोग भएको पाइए कारबाही सिफारिस गर्छौँ,’ उनले भने।

समितिले कोषसँग सम्बन्धित सम्पूर्ण मुद्दाको विवरण र पशुपति गुरुयोजनाको प्रगति विवरण पनि पेस गर्न निर्देशन दिएको छ।

प्रकाशित: २२ साउन २०८२ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast