
काठमाडौँ- फिल्म ‘कोशेढुङ्गा’ को ‘भंगेरा भगेरी’ बोलको गीत सार्वजनिक भएको छ। भंगेरा र भंगेरीको मायालाई बिम्ब बनाएर तयार गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुरक्षा पन्त र मन्जिल कुमारले अभिनय गरेका छन्।
प्रेमिल गीतमा रिदम कँडेल र बेनिशा पौडेलको स्वर छ। विदुर तिमल्सिना (देवदूत) को शब्द रहेको गीतमा रिदम कँडेलले संगीत भरेका छन्। यसअघि सार्वजनिक तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ चर्चित बनेको छ।
‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड सरोज पौडेल निर्देशन गरेको फिल्म आगामी भदौ १२ देखि प्रदर्शन हुँदैछ। फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ प्रदर्शनकाे तयारीमा छ।
फिल्ममा सुरक्षा र मन्जिलसहित, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिँउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ। फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन्।
यस्ताे छ गीत