बीवाईडी पहिलोपटक फर्च्युनको शीर्ष १०० मा, तीन वर्ष लगातार न्यू इनर्जी भेहिकल बिक्रीमा अग्रस्थान

हिमाल प्रेस २० साउन २०८२ १०:५४
10
SHARES
बीवाईडी पहिलोपटक फर्च्युनको शीर्ष १०० मा, तीन वर्ष लगातार न्यू इनर्जी भेहिकल बिक्रीमा अग्रस्थान

काठमाडौँ- चिनियाँ अटोमोबाइल निर्माता कम्पनी बीवाईडी सन् २०२५ का लागि प्रकाशित फर्च्युन ग्लोबल ५०० सूचीमा ९१औं स्थानमा पर्न सफल भएको छ। यो पहिलो पटक हो जब बीवाईडी शीर्ष १०० कम्पनीभित्र प्रवेश गरेको हो। गत वर्ष कम्पनी १४३औं स्थानमा थियो। सन् २०२२ यता बीवाईडी लगातार यो सूचीमा समावेश हुँदै आएको छ।

बीवाईडीले गत वर्ष (२०२४) आर्थिक प्रदर्शनमा उल्लेख्य प्रगति गर्दै वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन (करिब १४ खर्ब ३८ अर्ब रुपैयाँ) पुर्‍याएको थियो जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले बढी हो। कम्पनीका चार प्रमुख क्षेत्रहरूको व्यापार उल्लेखनीय रूपमा बढेको देखिएको छ।

कम्पनीले न्यू इनर्जी भेहिकल बिक्रीमा पनि नयाँ कीर्तिमान राखेको छ। सन् २०२४ मा बीवाईडीले ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बिक्री गरेको छ जसमा ४१ प्रतिशतको वृद्धि देखिएको छ। यही निरन्तर प्रगतिको कारण बीवाईडी तीन वर्ष लगातार ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा शीर्ष स्थानमा रहन सफल भएको छ।

बीवाईडीको यो सफलताको मुख्य कारण प्रविधि र नवप्रवर्तनमा गरिएको लगानी मानिएको छ। कम्पनीले ‘प्रविधिमा आधारित, इनोभेसन केन्द्रित’ दर्शन अनुरूप रिसर्च एण्ड डेभलपमेन्टमा सन् २०२४ मा ५४ अर्ब २० करोड युआन लगानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो। बीवाईडीले विगत १४ वर्षमध्ये १३ वर्ष लगातार रिसर्च एण्ड डेभलपमेन्टमा नाफाभन्दा बढी लगानी गर्दै आएको छ।

आरएण्डडीको उपलब्धिको फलस्वरूप बीवाईडीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम र मेगावाट फ्ल्यास चार्जिङ जस्ता अत्याधुनिक प्रविधिहरू विकास गर्न सफल भएको छ।

सन् २०२५ मा बीवाईडीले ग्लोबलाइजेसन र लोकलाइजेसन रणनीति तीव्र रूपमा अगाडि बढाएको छ। कम्पनीले १ करोड ३० लाख युनिट सवारीसाधन उत्पादन गरी अर्को माइलस्टोन पूरा गरेको छ। यस वर्षको पहिलो छ महिनामै ४ लाख ७० हजारभन्दा बढी पेसेन्जर कार र पिकअप ट्रक चीनबाहिर बिक्री भइसकेको छ।

ओभरसिज विस्तारअन्तर्गत, बीवाईडीले हङ्गेरीमा युरोपियन मुख्यालय स्थापना, ब्राजिलमा पहिलो गाडी उत्पादन र थाइल्याण्डमा ९० हजारभन्दा बढी न्यू इनर्जी भेहिकल डेलिभरी जस्ता कदम चालेको छ। हालसम्म बीवाईडीका न्यू इनर्जी सवारीसाधनहरू विश्वका ११२ देशहरूमा उपलब्ध छन्।

फर्च्युन ग्लोबल ५०० मा प्रगति गर्नु बीवाईडीको नवप्रवर्तन र अन्तर्राष्ट्रिय विस्तारप्रतिको प्रतिबद्धता को स्पष्ट संकेत हो। कम्पनीले आगामी दिनमा ‘कुल द अर्थ बाइ १ डिग्री सेल्सियस’ भन्ने लक्ष्यसहित प्रविधिमा आधारित दिगो विकासका लागि प्रयत्न जारी राख्ने बताएको छ।

प्रकाशित: २० साउन २०८२ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast