सभामुख घिमिरेले कानुनमन्त्री चौरसियालाई डाके कार्य व्यवस्था परामर्श समितिमा

हिमाल प्रेस १९ साउन २०८२ १०:४६
80
SHARES
सभामुख घिमिरेले कानुनमन्त्री चौरसियालाई डाके कार्य व्यवस्था परामर्श समितिमा सभामुख देवराज घिमिरे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्य व्यवस्था तथा परामर्श समितिको बैठक डाकेका छन्। बैठकमा उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलाई डाकिएको छ।

यसैगरी बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियालाई पनि डाकिएको सभामुखको सचिवालयले जनाएको छ। बैठकमा प्रतिनिधिसभाको क्यालेन्डरलगायतका विषयमा छलफल हुने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए

प्रतिनिधिसभाको बैठक बस्नुभन्दा अगाडि सभामुख घिमिरेले कार्य व्यवस्था समितिको बैठक डाकेका हुन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे संसद् भवनमा बस्दै छ। बैठकमा संघीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइने कार्यसूची छ।

राष्ट्रपति पौडेलले राष्ट्रपति पौडेलले साउन ८ गते संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‍मा फिर्ता पठाएका थिए।

प्रकाशित: १९ साउन २०८२ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast