भाषासम्बन्धी विधेयक पेश गर्ने कोशी सरकारको निर्णय, मैथिली र लिम्बु कामकाजको भाषा

हिमाल प्रेस १७ साउन २०८२ १८:५०
12
SHARES
भाषासम्बन्धी विधेयक पेश गर्ने कोशी सरकारको निर्णय, मैथिली र लिम्बु कामकाजको भाषा

काठमाडौँ– कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ।

शनिबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विधेयक पेश गर्ने निर्णय गरेको र विधेयक पास भएपछि भाषा आयोगले सिफारिश गरे अनुसार कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाइने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए।

यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको नाम कोशी प्रदेश सरकार, विराटनगर नेपाल लेख्ने निर्णय गरेको छ। प्रदेश सरकार कोशी प्रदेशले प्रदेश सरकारको उपस्थिति नदेखिए जस्तो भएकोले प्रदेश सरकारको नामाकरण परिवर्तन गरिएको मन्त्री भण्डारीले जानकारी दिए।

यसैगरी मन्त्रिपरिषद बैठकले प्रदेश स्वास्थ्य नीति स्वीकृत गरेको मन्त्री भण्डारीले बताए। उनले कोशी प्रदेश तथ्यांकसम्बन्धी विधेयक पनि प्रदेशसभामा पेश गर्ने निर्णय गरेको जानकारी दिए।

प्रकाशित: १७ साउन २०८२ १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast