३४ दिनदेखि त्रिविमा आन्दोलनरत अखिल क्रान्तिकारी र प्रशासनबीच ४ बुँदे सहमति, आन्दोलन फिर्ता

हिमाल प्रेस ११ भदौ २०८२ ६:४२ | Wednesday, August 27, 2025
३४ दिनदेखि त्रिविमा आन्दोलनरत अखिल क्रान्तिकारी र प्रशासनबीच ४ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका चारवटा केन्द्रीय विभागमा शुल्क समायोजनको माग गर्दै ३४ दिनदेखि जारी विद्यार्थी आन्दोलन शुक्रबार सहमति भएसँगै फिर्ता भएको छ।

शुल्क शोषणविरुद्ध अनेरास्ववियू क्रान्तिकारी अन्तर्राष्ट्रिय (क्याम्पस) त्रिवि जिल्ला समिति नेतृत्वको आन्दोलनरत पक्ष र विश्वविद्यालय प्रशासनबीच शुक्रबार कीर्तिपुरमा भएको वार्तापछि ४ बुँदे सहमति भएको हो।

सहमति अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, डेमोग्राफिक अध्ययन, सामाजिक कार्य र शान्ति तथा विकास अध्ययन विभागमा कायम शुल्कदर घटाई प्रतिविद्यार्थी १ लाख १० हजार रुपैयाँ कायम गर्ने निर्णय भएको छ। सो निर्णय आगामी दोस्रो सेमेस्टरदेखि कार्यान्वयनमा आउनेछ।

त्रिवि नियमअनुसार छात्रवृत्ति उपलब्ध गराउने, सम्बन्धित विभागहरुको भौतिक पूर्वाधार तथा आवश्यक जनशक्तिको व्यवस्था गर्दै जाने सहमति भएको छ। आन्दोलनरत पक्षले आजैदेखि सबै कार्यक्रम फिर्ता गर्ने निर्णयसमेत भएको छ।

प्रकाशित: ११ भदौ २०८२ ६:४२ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast