 
                             
                                            काठमाडौँ- आज भदौको दोस्रो शनिबार। फुर्सदमा हुनेहरूका लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता हलमा नयाँ दुई नेपाली र दुई विदेशी फिल्म प्रर्दशन भएको छ। नेपालीमा ‘गुन्यो चोलो ट: द ड्रेस’ र ‘कोशेढुङ्गा’। बलिउडमा ‘परम सुन्दरी’ र वश विवश लेभल २’। योसँगै अघिल्ला साता मञ्चन भएको ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’ र ‘मोहर’ पनि चलिरहेको छ। यो सँगै अन्य हिन्दी फिल्म पनि छन्। त्यस्तै थिएटरमा ‘काली पार’, ‘सिरुमारानी’ र ‘आवर्ती’ गरी तीन नाटक मञ्चनरत छ। साहित्यप्रेमी पाठकका लागि पुस्तकको लोकार्पण कार्यक्रम पनि छ।
कहाँ केके हुँदै छ हेरौं,
छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ लोकार्पण
आज अनामनगरस्थित युनियन हाउसमा छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ लोकार्पण हुँदैछ। कार्यक्रम दिउँसो १:३० बजे सुरु हुनेछ। कार्यक्रममा आख्यानकार अमर न्यौपाने र समीक्षक अनुपमा रेग्मी वक्ताका रुपमा उपस्थित हुनेछन्। पुस्तक फिनिक्स बुकले प्रकाशन गरेको हो।
कोसी थिएटरमा ‘काली पार’
टेकुस्थित कौसी थिएटरमा भदौ १२ देखि नाटक ‘काली पार’ मञ्चन भइरहेको छ। ऐतिहासिक कथावस्तुमा बनेको नाटकका निर्देशक मुक्तिप्रसाद पौडेल र प्रवीण पौडेल हुन्। नाटकमा आजभन्दा १५ सय वर्षअघिको टुक्रे राज्यहरू विस्तारको अभियानसँथ सम्बन्धित छ। नाटक तत्कालीन समयको धरमपुरको राज्य विस्तारको अभियान र कहिल्यै पराजित नभएको त्रिरत्नपुर (जगतपुर, रत्नकोट र नदीपुर)को टकरावको कथामा केन्द्रित छ।
नाटकको मञ्चमा निर्देशकद्वय मुक्ति र प्रवीणसहित कलाकार निरज पन्थी, सागर दाहाल, ऋषिकेश दाहाल, क्षितिज पराजुली, खगेन्द्र धामी, पूर्णिमा आचार्य, करिश्मा सङ्गौला, कबिर काफ्का, आयुष्मा मगर, जीवन गौतम, प्रकृति कार्की, आशिष काफ्ले, शरद, दिलराज राई, रोहित श्रेष्ठ र युनेशले अभिनय गरेका छन्। नाटक आगामी असोज ४ सम्म मंगलबारबाहेक साताको प्रत्येक दिन मञ्चन हुनेछ। आज शनिबार दिउँसो १ बजे र साँझ ५:३० बजे।
मण्डलामा ‘सिरुमारानी’
थापागाउँस्थित मण्डला थिएटरमा भदौ ११ देखि नाटक ‘सिरुमारानी’ मञ्चन भइरहेको छ। नाटक एक विद्रोही नारीको कथामा बनेको छ। नाटकको कथा सरुभक्तले लेखेका हुन्। मण्डलाकै ल्याब–१७ का विद्यार्थीले अभिनय गरेको नाटक अनुप न्यौपाने र सुमित्रा पेहिमले निर्देशन गरेका छन्। असोज ५ सम्म मञ्चन हुने नाटकमा सायुज्य भण्डारी, चाँदनी श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सहिष्मा खड्का, सुजन घिमिरे, अमृत सुनारलगायत ३३ जना प्रशिक्षार्थीको अभिनय छ। नाटकको आज दुई सो हुँदैछ, दिउँसो १:१५ बजे र साँझ ५:१५ बजे।
नाटक ‘आवर्ती’
मण्डला थिएटरमै साउन ३० देखि नाटक ‘आवर्ती’ मञ्चनरत छ। नाट्यकर्मी सम्राट भुजेलको लेखन र निर्देशनमा बनेको नाटक आत्माको खोजको कथामा आधारित छ। भोलि अर्थात् भदौ १५ सम्म मञ्चन हुने नाटकको आज दिउँसो १:३० बजे र साँझ ५:३० बजे दुई सो हुनेछ। नाटकमा मोडल तथा कलाकार गरिमा शर्मासहित प्रार्थना पाठक, श्रीशेष श्रेष्ठ, चिराग पनेरु र दीपेश गजुरेलले अभिनय गरेका छन्।
हलमा यी फिल्म
गुन्यो चोलो : द ड्रेस
फिल्म ‘गुन्यो चोलो : द ड्रेस’ भदौ १३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको कथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संघर्षको कथामा आधारित छ। फिल्मकी निर्देशक समुन्द्र भट्ट हुन्। नाजिर हुसेन मुख्य भूमिकामा रहेको फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, लबिम मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र सिभिल मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमा, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हलमा फिल्म ‘गुन्यो चोलो : द ड्रेस’ चलिरहेको छ।
कोशेढुङ्गा
फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ देखि हलमा प्रदर्शनरत छ। फिल्मको कथा वैदेशिक रोजगारी र प्रेमकगालाई समेटेको छ। फिल्मका निर्देशक सरोज पौडेल हुन्। फिल्ममा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, दिनेश काफ्ले, विशाल पहारीलगायत कलाकारको अभिनय छ।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरकार सिनेम्याक्स, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमा, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हलमा ‘कोशेढुङ्गा’ प्रदर्शनरत छ।
माग्ने राजा
फिल्म ‘माग्ने राजा’ भदौ ६ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक ऋषि लामिछाने हुन्। कलाकार केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म एकजना माग्नेको राजा बन्ने सपनामा आधारित छ। कमेडी मिश्रित सामाजिक कथामा बनेको फिल्ममा केदारसहित वर्षा शिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायत कलाकारको अभिनय छ।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमा, विश्वज्योति हल, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
जनै हराएको मान्छे
भदौ ६ देखि नै हलमा अर्को फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक हिमाल न्यौपाने हुन्। फिल्म पारिवारिक कथामा बनेको छ। फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमा, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘जनै हराएको मान्छे’ चलिरहेको अन्य हल हुन्।
मोहर
फिल्म ‘मोहर’ पनि गत साउन २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मले देउकी प्रथाको कथा प्रस्तुत गरेको छ। फिल्मका लेखक तथा निर्देशक ओम प्रतीक हुन्। फिल्ममा बेनिशा हमाल, नीति शाह, पल शाह, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ।
उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमा, रञ्जना सिनेप्लेक्समा फिल्म ‘मोहर’ प्रदर्शनरत छ।
वस विवश लेभल २
थ्रिलर जनरामा बनेको बलिउड फिल्म ‘वश विवश लेभल २’ भदौ १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कृष्णदेव याज्ञिकको निर्देशनमा बनेको फिल्ममा जानकी बोडीवाला, मोनल गज्जर, हितु कनोडियालगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मलमा फिल्मको सो छ। त्यस्तै, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमा, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, बिएसआर मुभिज ‘वस विवश लेभल २’ चलिरहेको अन्य हल हुन्।
परम सुन्दरी
बलिउड फिल्म ‘परम सुन्दरी’ भदौ १३ देखि नेपालमा प्रर्दशन भइरहेको छ। रोमान्स र ड्रामा जनरामा बनेको फिल्ममा सिद्दार्थ मल्होत्रा र जान्हवी कपूर मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक तुषर जलोटा हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, भाटभटेनी भब्तपुर र छाया सेन्टरमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमा, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, विश्वज्योति हल, अष्टनारायण हलमा फिल्म ‘परम सुन्दरी’ प्रदर्शन भइरहेको छ।
कूली
बलिउड फिल्म ‘कूली: द पावरहाउस’ गत साउन २९ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। लोकेश कनागराजको निर्देशित फिल्ममा रजनीकान्त, श्रुति हसन, नागार्जुन, उपेन्द्र राव, सौबिन शाहिर आमिर खानलगायत कलाकारको अभिनय छ। उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार राइजिङ मल, लबिम मल र रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।
वार २
बलिउड फिल्म ‘वार २’ गत साउन २९ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक आयन मुखर्जी हुन्। फिल्ममा ऋतिक रोशन, एन.टी. रामा राव, जूनियर, कियारा आडवाणीलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन, एडभेञ्चर र थ्रिलर जनरामा बनेको छ। उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार दरबार सिनेम्याक्स, छाया सेन्टर र बिग मुभिजमा फिल्मको सो छ।
विपोन्स
हलिउड फिल्म ‘विपोन्स’ गत साउन २३ देखि हलमा प्रदर्शन भएको छ। फिल्मका निर्देशक ज्याक क्रेगर हुन्। हरर जनरामा बनेको फिल्ममा जोस ब्रोलिन, जुलिया गार्नर, एल्डेन एहरेनेच, अस्टिन अब्राम्सलगायत कलाकारको अभिनय छ। उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार राइजिङ मल र छाया सेन्टरमा फिल्मको सो छ।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 