विपिन जोशीको पत्ता नलागेपछि पारिवारिक सदस्य नै इजरायल लागे

हिमाल प्रेस २६ साउन २०८२ ८:२६ | Monday, August 11, 2025
विपिन जोशीको पत्ता नलागेपछि पारिवारिक सदस्य नै इजरायल लागे

काठमाडौँ- हमास समूहबाट बन्धक बनाइएका विपिन जोशीको अवस्था बुझ्न पारिवारिक सदस्य इजरायल लागेका छन्। जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका हुन्।

उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ लागेका हुन्। हमास–इजरायल द्वन्द्वमा परेका जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो। हालसम्म जोशीको अवस्था अज्ञात छ। नेपाल सरकारले कूटनीतिक तवरबाट जोशी खोज्ने प्रयास पनि विफल भएको छ। यही कारण परिवारका सदस्यहरू नै इजरायल लागेका हुन्।

प्रकाशित: २६ साउन २०८२ ८:२६ | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast