विपिन जोशीकी आमाले राष्ट्रपतिसँग के भनिन्?

हिमाल प्रेस ८ भदौ २०८२ १२:४१ | Sunday, August 24, 2025
विपिन जोशीकी आमाले राष्ट्रपतिसँग के भनिन्? शीतल निवासमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्दै विपिनकी आमा पद्मा र बहिनी पुष्पा जोशी। तस्बिर सौजन्य : शीतल निवास

काठमाडौँ- विपिन जोशीकी आमा पद्मा जोशीले छोराको रिहाइका लागि थप पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेकी छन्। जोशीले आइतबार बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई यस्तो आग्रह गरेकी हुन्। इजरायले हमास लडाकु समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा अप्रत्याशित आक्रमण गरेपछि महेन्द्रनगरका विपिन बेपत्ता भएका थिए। त्यसपछि उनको अवस्था अज्ञात छ।

राष्ट्रपति पौडेलले विपिनको रिहाइका आफूले थप प्रयास गर्ने बताएका छन्।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका छन्। यसअघि पद्माले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोराको रिहाइका लागि पहल गरिदिन अनुनय गरेकी थिइन्।

उनीहरूले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेका थिए। पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेकी छन्।

कृषिका विद्यार्थी विपिन इजरायलको किबुजमा हमासद्वारा गरिएको आक्रमणका क्रममा अपहरण परेका थिए। इजरायल सरकारले उनी हमासको बन्धकमा रहेको दाबी गर्दै आए पनि अपहरणमा परेयता उनी कसैको सम्पर्कमा आएका छैनन्।

प्रकाशित: ८ भदौ २०८२ १२:४१ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast