काठमाडौँ- बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गरेका छन्। इजरायलस्थित नेपाली दूतावास अधिकारीका अनुसार राष्ट्रपति हर्जोगसँग आमा पद्मा जोशी र बहिनी पुष्पाले हमासद्वारा बेपत्ता बनाइएका बिपिनको रिहाइका लागि पहल गरिदिन माग गरेका हुन्।
भेटमा नेपाली राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। आमा र बहिनीले राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय प्रयासलाई अझ बलियो बनाउन आग्रह गरेको अधिकारीहरुले बताए।
राष्ट्रपति हर्जोगले विपिनलाई आफ्नै नागरिकझैँ अनुभव गरिरहेको भन्दै सबै बन्धकहरुको रिहाइका लागि इजरायली सरकार निरन्तर लागिरहेको बताए।
विपिनकी आमा, बहिनी र राजदूतले इजरायली संसदका अध्यक्ष अमिर ओहानासँग पनि भेटवार्ता गरेका थिए।
                            प्रकाशित: १ भदौ  २०८२ २१:४७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

