रौतहटमा सुटकेशभित्र भेटियो अपरिचित महिलाको शव

हिमाल प्रेस ८ भदौ २०८२ ८:५४ | Sunday, August 24, 2025
रौतहटमा सुटकेशभित्र भेटियो अपरिचित महिलाको शव

काठमाडौँ- रौतहटमा सुटकेशभित्र भेटियो अपरिचित महिलाको शव फेला परेको छ। शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका ९ गौर सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी राजु कार्कीका अनुसार डोरीले बाँधिएको अवस्थामा सुटकेश भेटिएको हो। बिहान आफै घटनास्थल पुगेको र सुटकेश खोलेर हेर्दा महिलाको शव भेटिएको उनले बताए।

उनका अनुसार सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको घाँटीमा डोरी र सलले बाँधिएको छ। उनको नाकमा रगतका धब्बाहरू छन्।

प्रकाशित: ८ भदौ २०८२ ८:५४ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast