भारतमा नेपाली भाषा मान्यता दिवस मनाइँदै

हिमाल प्रेस ४ भदौ २०८२ १५:५५ | Wednesday, August 20, 2025
10
SHARES
भारतमा नेपाली भाषा मान्यता दिवस मनाइँदै भारतको दार्जिलिङको सिंगामारीस्थित नर्थ पोइन्ट एकेडेमीका बालबालिकाले नेपाली भाषा मान्यता दिवसका अवसरमा तयार पारेको भित्तेपत्रिका। तस्बिर साभार : दार्जिलिङ टाइम्स

काठमाडौँ- भारतमा बुधबार नेपाली/गोर्खा भाषा मान्यता दिवस मनाइँदै छ। भारतीय नेपालीले प्रत्येक वर्ष २० अगस्टमा यो दिवस मनाउँदै आएका छन्। भारतीय गोर्खाले आफ्नो भाषालाई भारतीय संविधानमा मान्यता दिलाउनका लागि दशकौँसम्म गरेको संघर्षको फलस्वरूप सन् १९९२ अगस्ट २० मा नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीअन्तर्गत भारतको एक समृद्ध आधिकारिक भाषाको रूपमा मान्यता प्राप्त भएको थियो। यसका लागि करिब ३६ वर्ष लामो संघर्ष गर्नुपरेको थियो।

भाषा मान्यता दिवसका अवसरमा दार्जिलिङ, खरसाङ, कालेबुङ, मणिपुर, उत्तराखण्ड, हिमाचल, असम, सुकियापोखरीलगायतका क्षेत्रमा विभिन्न कार्यक्रम गरिएको छ।

सिक्किमका मुख्यमन्त्री पीएस गोलेले शुभकामना सन्देश जारी गर्दै यस दिनलाई ऐतिहासिक स्मरण मात्रै नभई सामूहिक संघर्ष, निरन्तर प्रयास, धैर्य र आत्मबलको अमर प्रतीकका रूपमा वर्णन गरेका छन्।

संविधानको आठौँ अनुसूचीमा के पाएको छ नेपाली भाषाले?

१. आधिकारिक मान्यता : सरकारी कामकाज र शिक्षामा प्रयोग हुने सुविधा।
२. साहित्यिक मान्यता : भारतीय साहित्य अकादमीबाट मान्यता।
३. अनुवाद र प्रकाशन : अन्य भाषामा अनुवाद तथा प्रकाशन हुने अवसर।
४. शैक्षणिक अवसर : संघ लोक सेवा आयोगलगायत परीक्षामा प्रयोग।
५. सरकारी सहायता : भाषाको विकासका लागि सरकारी अनुदान।
६. सांस्कृतिक संरक्षण : भाषिक धरोहर संरक्षित हुने।
७. संसदीय कार्यवाही : संसद्‌मा प्रयोग गर्न सकिने।
८. अनुवाद र प्रलेखीकरण : आधिकारिक कागजातमा अनुवाद सम्भव।
९. पुरस्कार र सम्मान : साहित्य अकादमी, ज्ञानपीठलगायत पुरस्कार।
१०. मुद्रामा भाषा : भारतीय मुद्रामा उल्लेख हुने।
११. सरकारी वेबसाइट : मान्यताप्राप्त भाषामा उपलब्ध हुने।
१२. भारतीय पासपोर्ट : पासपोर्टमा प्रयोग हुने।
१३. सर्वोच्च न्यायालय र संसद् : गतिविधि, सूचना र विज्ञापनमा प्रयोग हुने।

प्रकाशित: ४ भदौ २०८२ १५:५५ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast