बर्खामा पनि नारायणगढ-मुग्लिन सडकखण्ड सुक्खा पहिरोले अवरुद्ध

हिमाल प्रेस १ भदौ २०८२ ७:०६ | Sunday, August 17, 2025
बर्खामा पनि नारायणगढ-मुग्लिन सडकखण्ड सुक्खा पहिरोले अवरुद्ध फाइल तस्बिर।

काठमाडौँ- सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्।

प्रकाशित: १ भदौ २०८२ ७:०६ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast